
पूर्णपुष्टि, वैशाख २८ गते ।
जंगलका मृत अवस्थामा एक जना महिलाको शव फेला परेको छ । रुकुम (पूर्व) पुथाउत्तरगंगा गाउँपालिका–११ मा सोमवार ३९ वर्षीया जुनमाया बुढाको शव फेला परेको हो ।
सोही वडाको उपल्लो सेरा घर भएकी बुढाको शव स्थानीयवासीले जंगलमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले प्रहरी टोली घटनास्थलमा पुगेको जनाएको छ । शव परीक्षणका लागि रूकुम (पूर्व) अस्पताल ल्याइँदैछ ।
शव परीक्षणको रिपोर्ट आएपछि मात्र घटनाबारे सत्यतथ्य खुल्ने डाँगीले बताए । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ ।
