Friday, May 22News That Matters

जङ्गली च्याउ खाँदा ४ जना बिरामी

पूर्णपुष्टि, भदौ ८

डोल्पामा जंगली च्याउ खाँदा चार जना विरामी परेको छ । ठूलीभेरी नगरपालिका–७ का ३३ वर्षीय उत्तमबहादुर शाही, ३१ वर्षीय सूर्यबहादुर साही, ८ नम्बर वडाका  ३३ वर्षीय कमलबहादुर शाही र वर्ष ४४ का सत्यबहादुर शाही बिरामी परेको नगरपालिकाले जनाएको छ ।

उपचारका लागि तीन जनालाई हेलिकप्टरमार्फत अस्पताल पठाइसकेको र अर्का एक जनालाई आफैले भेरी अञ्चल अस्पताल नेपालगञ्ज लागिएको पालिकाले जनाएको छ ।