Sunday, June 28News That Matters

जङ्गली हात्तीको आक्रमणमा १ जनाको मृत्यु

पूर्णपुष्टि, चैत ८ 

चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जना महिलाको मृत्यु  भएको छ । भरतपुर महानगरपालिका–१३ उजेलीनगरकी  ५० वर्षीया तीलमाया भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज बिहान करिब ४ः०० बजे जङ्गली हात्तीको आक्रमणबाट भुजेलको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय गीतानगरले जनाएको छ । त्यस्तै हात्तीले त्यस ठाउँका तीन वटा घर पूर्णरूपमा क्षति पुर्याएको प्रहरीले जनाएको छ ।

हात्तीको आक्रमणबाट भएको पूर्ण क्षतिको विवरण आइनसकेको प्रहीले जनाएको । हात्तीले घर भत्काउन लागेपछि बाहिर निस्किएर भाग्ने क्रममा उनलाई हात्तीले आक्रमण गरेको जनाईएको छ ।