
पूर्णपुष्टि,असार १० । जिल्लाको उदयपुरगढी गाउँपालिकामा १२ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरगढी गाउँपालिका–८, स्थित केलरपानी बस्ने ४७ वर्षीय टेकमान मोक्तान(तामाङ) रहेको प्रहरीले जनाएको छ ।
टेकमानले बुधबार दिउँसो गडेरेस्थित झाडीमा लगी जवरजस्ती करणी गरेको भन्ने प्रहरीमा उजुरी आए पछि उजुरीको आधारमा शनिवार दिउँसो अस्थाइ प्रहरी पोष्ट नेपालटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । पक्राउ गरेकालाई अस्थाी प्रहरी पोष्टमा ल्याइ आवश्यक थाप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।
