Tuesday, April 21News That Matters

जलाएर युवाको हत्या गर्ने ६ जनालाई प्रहरीले सार्वजानिक गर्यो

पूर्णपुष्टि, माघ १५

सम्पत्तिका लागि रुपन्देहीमा एक युवालाई जलाएर हत्या गर्ने ६ जनालाई रुपन्देही प्रहरीले पक्राउ गरी सार्वजानिक गरेको छ ।

मृतककै आफन्तहरुले सम्पत्तिको लोभमा युवाको रक्सीमा निन्द्रको औषधी खुवाई पाईपले घाँटी थिचेर हत्या गरी अन्तिममा पेट्रोल छर्केर जलाएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

गत माघ ६ गते मायादेवी गाउँपालिका–७ गैरगट्टी दानव नदी नजिकै खेतमा ३४ वर्षीय राजेन्द्र यादवको जलाएर हत्या भएको थियो ।मृतक यादवको हत्यामा आफ्नै भाई, काका, र काकाको सम्धीले सम्पत्तिका लागि हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न ८ मध्य ६ जनालाई प्रहरीले सार्वजानिक गरेको छ भने अन्य दुई जना भने फरार रहेको छ ।

पक्राउ पर्नेमा हत्याका मुख्य योजनाकार रुपन्देहीको सियारी गाउँपालिका– २ बस्ने रामबेलाश यादव, बुद्धिराम कोहार, मृतकको भाइ विरेन्द्र यादव, काकाको सम्धी सन्त कुमार यादव, सिद्धार्थनगर–११ का राकेश यादव र अफताव मुसलमान रहेका छन् । घटनामा संलग्न मध्यस्तकर्ता लङ्गारे भनिने ईन्द्रजित यादव र सोनु मुराउ फरार रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रविण पोखरेलले बताए ।

सम्पत्तिका लागि मृतकका आफ्नै काकाले भतिजको हत्या गरेको प्रहरीको भनाई छ । भतिजको हत्या गर्न काकाले २५ लाख वा १ कठ्ठा जमिन हत्या गर्ने व्यक्तिलाई दिने योजना बनाएका थिए । भतिजको घटना गराउने मुख्य योजनाकार बुद्धिराम कोहारले नगद २० हजार र ५० हजार गरी २ पटकमा ७० हजार मृतकको काकाबाट लगिसकेका थिए ।