Thursday, May 21News That Matters

जापानमा शक्तिशाली ७ रिक्टर स्केल भूकम्प, सुनामीको चेतावनी जारी

पूर्णपुष्टि, साउन २४ ।  जापानको दक्षिणपश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७ रिक्टर स्केलको भूकम्पले विनाशक सुनामी ल्याउने चेतावनी जारी गरिएको छ।

भूकम्पको केन्द्र मियाजाकी प्रान्तमा रहेको अधिकारीहरूले बताएका छन्। त्यस क्षेत्रमा र छिमेकी कोची प्रान्तमा सुनामी आउने सम्भावना रहेको उनीहरूले जनाएका छन्। सरकारी समाचार संस्था एनएचेकका अनुसार भूकम्पको क्षतिको विवरण भने अझै प्राप्त भएको छैन। गत वर्ष जनवरीमा इशिकावामा भएको ७.६ रिक्टर स्केलको भूकम्पमा कम्तीमा ४८ जनाको ज्यान गएको थियो। जापानमा भूकम्पको तीव्रता मापन प्रणाली अन्य देशहरूभन्दा फरक छ। यहाँ जमिनको कम्पनका आधारमा १ देखि ७ नम्बर मान दिइन्छ।