Tuesday, June 23News That Matters

जिप दुर्घटनामा चालकको मृत्यु

पाँचथर, चैत्र १८

पाँचथरमा जिप दुर्घटना हुदा चालकको मृत्यु भएको छ । याङबरक गाऊपालिका–३ ओयाम यलम्बर चौकमा जिप दुर्घटना हुदा चालक फिदिम नगरपालिका–२ पल्लोटार वस्ने ३६ बर्षीय फुलकुमार राईको मृत्यु भएको हो ।

बिहान ६ बजे फिदिमबाट च्याङथापु तर्फ जादै गरेको मे १ ज ३५६ नम्बरको जिप रोडबाट करिब २ सय मिटर तल झरि दुर्घटना हुँदा गम्भिर घाईते भएका राईको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा पौने १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही गाडीमा सवार सोही स्थानका २२ बर्षीय आषिस राईको वि एण्ड सी अस्पताल बिर्मामोडमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।