
पूर्णपुष्ट, वैशाख १५ ।
त्रियुगा उद्योग वाण्ज्यि संघ गाईघाटले मानव शरीरको मुख्य ५ ठुला रोग सम्बन्धि निशुल्क स्वास्थ्य सिविरको आयोजना गरेको छ । शुक्रबार जिल्ला हस्पिटल उदयपुरमा संघले आयोजना गरेको उक्त स्वास्थ्य सिविरमा क्यान्सर, मुटु, नसा, स्त्री रोग र नाक कान घाँटीको निशुल्क चेक जाँच तथा औषधी पाईने छ ।

त्रियुगा नगरपालिका, जिल्ला अस्पताल गाईघाट र दाजुभाई समूह दोहा कतारको सहकार्य साथै बिएण्डसी मेडिकल कलेज पूर्वाञ्चल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा सिविर संञ्चालन भैरहेको संघका अध्यक्ष रमेश रसाईलीले जानकारी दिए ।
रसाईलीका अनुसार ११ बजे सम्ममा करिब ७ सय बढीले बिभिन्न रोग बारे पुर्जा काटेको जनाए । चेकजाँच गर्न हजारौँको संख्यामा आउन सक्ने भन्दै १ दिने सिवीरले भ्याउन अवस्था नरहने रसाईलीले जनाए । एक दिनमा सिविर संम्भव नभए उपचारका लागि पुर्जा कटाएकाहरुलाइई शनिवार पनि सेवा दिईने जनाए । हामी आज सम्भव नभए भोली ११ बजे सम्म वसेर भएपनि चेक जाँच गर्नेछौँ, रसाईलीले भने“ । सिविरमा सवैखाले औषधीहरु निशुल्क रुपमा वितरण भैरहेको छ ।

