
पूर्णपुष्टि/उदयपुर, असोज २१ ।
नेपाल प्रहरीले आजबाट खुलाएको नयाँ भर्नामा पहिलो दिन उदयपुर जिल्ला प्रहरी कार्यालयमा आज १३ जनाले नाम दर्ता गराएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी सहायक निरिक्षक तिलक कटुवालका अनुसार आजबाट दर्ता प्रक्रिया सुरु भएको छ । पहिलो दिन १३ जना युवा, युवतीले नाम दर्ता गराएका छन् । भर्ना आगामी कार्तिक २८ गतेसम्म खुल्ला रहनेछ । भोलीदेखि नाम दर्ताको संख्या बढ्ने अनुमान गरिएको छ ।
