Monday, June 15News That Matters

जिवन लघुवित्त गाईघाट : शाखा प्रमुखले पत्र च्यातेर फालेपछि झडप, राभर सडकमै सुतेर आन्दोलन

पूर्णपुष्टि ८ जेष्ठ । जिवन लघुवित्त संस्था गाईघाटको शाखा प्रमुख बिकास साहाले संघर्षसमितिले बुझाएको अनुरोध पत्र च्यातेर फालेपछि झडब भएको जनाएको छ । समितिका अनुसार सरकारले संघर्ष समिति र लघुवित्तबीच एक खाले धारणा नगरे सम्म पैसा नउठाउन अनुरोध पत्र गाईघाट शाखामा बुझाउने क्रममा शाखा प्रमुख साहाले पत्र च्यातेर डस्वीनमा हाले पश्चात झडब भएको जनाए । देशैभर यो पत्र बुझाउने क्रम जारी छ, सबै ठाउँबाट सकरात्क तरिकाले पत्र बुझेका छन्, गाईघाट शाखा प्रमुखले दम्व देखाउुनभयो, समितका एक सदस्यले भने, ।

बिहिबार पत्र बुझाउने क्रममा पत्र च्यातेर डस्वीनमा हालेको र तथनाम गाली गरेको भन्दै प्रमुख साहाले बोलेको अपशब्दबारे माफ माग्नु पर्ने समितिको अडान थियो । तर माफ माग्ने भन्दै भागेर लुकेर बसेको र अन्य कर्मचारीहरुले साहालाई भगाएको भन्दै उनिहरु आईबारदेखी कार्यलयमा घेराउ गर्दै आएका थिए । सोही क्रममा संघर्ष समितिको आन्दोलनकारी र प्रहरबीच झडप समेत भयो ।
उनिहरुले रातभर जिवन लघुवित्त गाईघाट शाखाको कार्यालय मुनी सडक पेटीमै सुतेर आन्दोलनलाई निरन्तर दिए । प्रमुख साहले माफी नमागे सम्म आन्दोलन जारी राख्ने जनाएको छ ।