Wednesday, April 22News That Matters

जेन्जी आन्दोलनकारीद्धारा त्रियुगा नगरपालिका घेराउ

पूर्णपुष्टि, भदौ २४ । जेनजी आन्दोलनकारीहरुले त्रियुगा नगरपालिका घेराउ गरेको छ । बिहान ११ बजेदेखी बजार क्षेत्रमा प्रदर्शन गर्दै नगरपालिका पुगेको आन्दोलनकारीले नगरपालिका घेराउ गरेतापनि तोडफोड भने गरेको छैन । प्रदर्शनकारीहरुले युवा मार्न पाईदैन, केपी ओली राजिनामा दे भन्ने नाराका साथ आन्दोलन गरेको हो । सामाजिक संञ्जाल बन्द गरेको र भ्रष्टचार बढी भएको भन्दै हिजोदेखी देश भरी नै जेन्जी पुस्ताले आन्दोलन गरिरहेको छ ।