Tuesday, June 9News That Matters

जेनी कुँवरले गरिन् देहत्याग , पशुपति आर्यघाटमा अन्त्येष्टी

पूर्णपुष्टि, असार २५

नेपाली चलचित्रकी अभिनेत्री तथा निर्माता समेत रहेकी जेनी कुँवर मृत अवस्थामा भेटिएकी छिन् । काठमाण्डौ थापागाउँमा रहेको सनराइज सिटी अपार्टमेन्टमा गएराति कुँवरको शव भेटिएको हो । झुण्डिएको अवस्थामा कुँवरको शव भेटिएको प्रहरीले जनाएको छ ।

१ वर्षदेखि डिप्रेशनको औषधी खादै आएकी कुँवरले आफु बस्दै आएको सनराइज सिटी अपार्टमेन्टमा बिहीबार साँझ ९ बजे भुण्डिएर देहत्याग गरेकी थिइन् । प्रहरीको अनुसार उनले विगत १ वर्षदेखि डिप्रेसनको औषधी सेवन गर्दे आएकी थिइन् । अपार्टमेन्टको तेस्रो तल्लामा श्रीमान मनबहादुरसँग बस्दै आएकी जेनी भान्सा कोठामा नाइनलको डोरीमा झुण्डिएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । जेनी ६ महिना विपश्यना ध्यान शिविरमा समेत बसेकी थिइन् । पशुपति क्षेत्रमा माता बनेर हिँडेपछि ५० वर्षीया कुँवरको अन्तवार्ता लिने युट्युबरको सङ्ख्या बढेको थियो ।

पछिल्लो समयमा पशुपतिमा धेरै समय बिताउदै आएकी कुँवरले धेरै फिल्ममा अयिन गरेकी छिन् । कुँवरले जिन्दगानी, मैदान, जीवनदाता, कानुन, अभिमन्यु, बिन्तिपत्र, मलाई माफ गरिदेऊलगायत चलचित्रमा अभिनय गरेकी हुन् । तर, पछिल्लो समयमा भने उनी फिल्म क्षेत्रबाट टाढा थिइन् ।

कुँवरको आज (शुक्रबार) पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ ।