
पूर्णपुष्टि, भदौ ११
अमेजन कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी निर्देशक (सीईओ) जेफ बेजोसको कुल सम्पत्तिले दुई सय अर्ब डलर नाघेको छ ।
अमेजनको शेयर बुधबार कीर्तिमानी अङ्कले बढेपछि बेजोसको सम्पत्तिमा वृद्धि भएको ब्लूमबर्ग बिलियेनियर इन्डेक्सले जनाएको छ । उनी दुई अर्ब डलर सम्पत्ति भएका विश्वका पहिलो व्यक्ति बनेका छन् ।
कोरोना भाइरसको महामारीकै बीच बेजोसको सम्पत्ति उकालो लागेको हो । मानिसहरु घरमै रहँदा ई–कमर्सको माग बढ्दा अमेजन अझ नाफमा गएको थियो । अप्रिल २०२० मा उनको कुल सम्पत्ति एक सय १३ अर्ब डलर थियो ।
दोस्रो धनी व्यक्ति, बिल गेट्स बेजोसभन्दा करौँडौ डलरले पछाडि छन् । गेट्सको सम्पत्ति एक सय १६.०२ बिलियन डलर रहेको फोर्ब्सले जनाएको छ ।
यसैबीच टेस्ला इंकको शेयरमा उछाल आएपछि कम्पनीका संस्थापक एलन मस्कको सम्पत्ति एक सय एक अर्ब डलर भएको छ ।
त्यस्तै फेसबुकका संस्थापक मार्क जुकरबर्ग अगस्ट महिनाको सुरुमा नै सय अर्ब डलरको सूचीमा सामेल भएका थिए ।
