Thursday, June 18News That Matters

झण्डै तीन महिना पछि त्रियुगा नगरपालिकाले पायो नयाँ हाकिम

पूर्णपुष्टि, बैशाख ६ । तीन महिना देखी प्रमुख प्रशासकीय अधिकृत बिहिन त्रियुगा नगरपालिकाले भर्खरै मात्र नयाँ हाकिम पाएको छ । नगर प्रमुख मेयरको आफुखुसी प्रमुख प्रशासकीय अधिकृत राख्ने जिद्धिले झण्डै तीन महिना पछि मात्रै त्रियगा नगरपालिकाले नयाँ प्रशासकीय अधिकृत प्राप्त गरेको हो ।
पुरानो हाकिम मान वहादुर वन माघ १० बाट सरुवा हुनु पर्ने भएपनि नगर प्रमुख वस्नेतको अडानका कारण सरुवा गएका थिएनन् । मन्त्रालयबाट समेत पटक पटक पत्र आउँदा पनि वन अटेरी गर्दै सरुवा भएको ठाउँ जान मानेन् ।

वनलाई मन्त्रालयले कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सरुवा गरेका थिए । प्रक्रियागत पुरा भएको नयाँ हाकिम संजय बहादुर राजल्वटलाई त्रियुगा नगरपालिकाले हाजिर समेत गर्न नदिई फार्काईदिए । आफुखुसी हाकिम राखेको भन्दै बिभिन्न जनप्रतिनिधि, कार्यपालिका सदस्य, राजनितिक दल र नागरिकहरुले समते बिरोध गरेपछि त्रियुगा नगरपालिकामा विवाद चुलिएका थिए ।
नगर प्रमुख वस्नेतले भने पुरानो प्रशासकीय अधिकृत वनलाई असार मसान्त सम्म रोक्ने प्रयास गरेका थिए ।
तर यो प्रयास लामो समय सम्म टिक्न सकेन । हाल त्रियुगा नगरपालिकामा नयाँ प्रमुख प्रशासकीयको रुपमा बिष्णु भक्त सिग्देल आएका छन् । सिग्देलले त्रियुगा नगरपालिकामा मंगलबार देखी हाजिर गरी जिम्मेवारी सम्हालेका छन् ।

प्रशासकीय अधिकृतको आगमन सँगै नगरपालिकामा बढ्यो भिँडभाँड

लामो समयदेखी प्रशासकीय अधिकृतका अनुपस्थितमा रोकिएका कतिपय अलपत्र कामको सुरुवात गर्न नगरपालिकामा घुँईचो लाग्न थालेको छ । यहाँ रोकिएको योजना, सम्पन्न भएको भुक्तानी जस्ता कार्यहरु अलपत्र रहेका थिए । नयाँ हाकिम आएपछि रोकिएका काम अगाडी बढाउन फाईल बोकेर लामो भिँडभाँडमा छन्, सेवाग्राहीहरु” उनिहरुले चाँडो भन्दा चाँडो काम सक्न हाकिमलाई भेट्न आपत्त समेत गरिरहेको छ ।