Wednesday, June 17News That Matters

झापा–३ मा सिटौलाको वारिसनामामार्फत उम्मेदवारी दर्ता

पूर्णपुष्टि, असोज २३ गते ।
नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । आज सिटौलाले सत्ता गठबनधनको तर्फबाट झापा–३ मा वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएका हुन् ।
सिटौलाको प्रस्तावकमा मोहन महर्जन, समर्थक गणेश पोखरेल बसेका छन् । उनको प्रतिद्वन्दीको रुपमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन रहेका छन् ।
एमालेको समर्थनमा राजेन्द्र लिङ्देनले झापा–३ मा गराए उम्मेदवारी दर्ता मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको प्रत्यक्षतर्फको मनोनयन पत्र देशभर आज दर्ता हुँदैछ । निर्वाचन आयोगले आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने जनाएको छ ।