Saturday, May 2News That Matters

झापामा बिद्युत प्राधिकरण कर्मचारीको करेन्ट लागी ज्यान गयो

पूर्णपुष्टि, असार २३

झापाका एक बिद्युत प्राधिकरण कर्मचारीको करेन्ट लागी ज्यान गयो छ । बिर्तामोड नगरपालिका–४ जात्रुबाडी बस्ने ६१ बवर्षीय कुल  बहादुर भट्टराईको करेन्ट लागी ज्यान गएको हो ।

आज बिहान साढे ७ बजे सोही नगरपालिका–८ बाह्रबिघे स्थित राम कुमारी दर्जीको घरमा मिटर जडान गर्नको लागी बिजुलीको पोलमा चड्ने क्रममा करेन्ट लागी भुईमा खस्दा टाउकोमा चोट लागी भट्टराई गम्भीर घाईते भएका थिए । घाइते भट्टराईको उपचारको लागी बि एन्ड सी अस्पताल बिर्तामोड पुर्याउना साथ ज्यान गएको हो ।

उनी अनारमनी बितरण केन्द्र विद्युत प्राधिकरणको कर्मचारी रहेका थिए । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमणीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।