पूर्णपुष्टि, पुष २९ गते ।
झापाको गौरादह नगरपालिका–१ स्थित भित्री सडक खण्डमा स्कुल बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७२ बर्षीय तुलसा दाहाल रहेकी छन् ।
हिजो अपरान्ह ३ बजे माउन्ट एभरेष्ट बोर्डिङ स्कुलको मे.१ ख २६७६ नम्बरको बसले ठक्कर दिदा दाहाल घाइते भएकी थिईन् । उनको उपचारको क्रममा बि. एण्ड. सि. अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालक गौरादह–२ का अमरलाल ताजपुरीयालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
