Monday, June 29News That Matters

झुल लगाउँदा करेन्ट लागेर कान्छाको मृत्यु

मोरङ, असार १९

मोरङमा हिजोराती सुत्नलाई झुल लगाउँदा करेन्ट लागेर कान्छा चौधरीको मृत्यु भएको छ । बेलवारी नगरपालिका–९ घर भई बिराटनगर महानगरपालिका–१९ मा बस्दै आएका २५ बर्षीय कान्छा चौधरीको करेन्ट लागेर मृत्यु भएको हो ।

गतराती साँढे १० बजे सुत्नको लागी झुल लगाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएका चौधरिको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।