Wednesday, May 27News That Matters

टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

पूर्णपुष्टि, फागुन २१ । खोटाङमा टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङ हलेसी तुवाचुङ–६ का २० बर्षीय टंकल राई रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार आईतबार बिहान १० बजेको समयमा तुवाचुङ नगरपालिका १० अर्खौले स्थितमा टिफरले ठक्करदिदाँ मोटरसाईकल चालक राईको मृत्यु भएको हो । मध्य पहाडी लोकमार्गको खार्पाबाट कटारीतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–००६ ख २४०२ नम्बरको टिपरले बिपरित दिशाबाट आउँदै गरेको स. ९ प १२१२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न ठक्कर दिने टिपर र टिपर चालक कटारी नगरपालिका–३ उदयपुरका ४३ बर्षीय पदम कुमार कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शवलाई सम्पुर्ण कानुनि प्रकृया पश्चात पोष्टमाटमको लागि जिल्ला अस्पताल खोटाङ पठाईएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।