Sunday, May 17News That Matters

टिपरको ठक्करले श्रीमानको मृत्यु, श्रीमती गम्भिर घाइते

पूर्णपुष्टि,माघ ३०

सङ्खुवासभामा टिपरको  ठक्करबाट एक जनाको ज्यान गएको छ । मकालु गाउँपालिका–५ मा अरुण तेस्रोको टिपरको ठक्करबाट मोटरसाइकल ४२ वर्षीष चालकको घटनास्थलमै मृत्यु भएको हो । मकालु–३ हेदाङ्नाका खड्गबहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

खाँदबारी किमाथाङ्का सडक खण्डको फ्याक्सिन्दा बेँसीमा भारतको विहार प्रदेशको ७६१० नम्बरको टिपरले को २३प ४८१५ नम्बरको मोटरसाइकललाई आज ठक्कर दिएको थियो । ठक्करबाट राईको घटनास्थमै मृत्यु भएको र मोटरसइकलमा पछाडी सवार राईको श्रीमती प्रेमकुमारी समेत गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

राई श्रीमानश्रीमती दुवै गाउँपालिका केन्द्रको नुममा तालीममा सहभागी हुन आउँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । गम्भीर घाइते प्रेम कुमारीको थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लग्ने तयारी भइरहेका छ ।

मोटरसाइकललाई ठक्कर दिने टिपर र चालक काभ्रेको नवबुद्ध नगरपालिका–६ का ३० वर्षीय सुवास चौलागाईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।