Sunday, April 19News That Matters

टी–२० विश्वकपमा आज नेदरल्यान्ड्ससँग खेल्दै नेपाल

पूर्णपुष्टि, जेठ २२ । टी–२० विश्वकपमा आज नेपालले समुह चरणको आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति अमेरिकाको डालस ग्राड प्रेरी क्रिकेट रंगशालामा ९ स् १५ मा सुरु हुनेछ ।

समूह डी मा नेपाल, नेदरल्यान्ड्स, श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिका छन् । सोमबार राति ग्राण्ड प्रेरीमा भएको समूह डी को पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले हराएको छ । सुपर–८ को लक्ष्य राखेको नेपाललाई पहिलो खेलमा जित निकै आवश्यक छ । नेपाल र नेदरल्यान्ड्सबीच टी–२० आईमा १२ खेल भएका छन् । जसमध्ये नेपाल ५ खेलमा विजयी भएको छ भने ६ खेलमा पराजित र १ खेल नतिजाविहीन भएको थियो ।