Sunday, April 19News That Matters

सदस्याता अध्यावधिकमा एमाले उदयपुर देशमै पहिलाे

पूर्णपुष्टि, जेठ २१
२०८१ सालकाे पार्टी सदस्यता अध्यावधिक गर्ने क्रममा नेकपा एमाले उदयपुर देशमै पहिलाे बनेकाे छ ।
पार्टीकाे संगठन विभाग प्रमुख काशिनाथ अधिकारीका अनुसार अध्यावधिक गर्ने क्रममा उदयपुर देशमै पहिलाे भएकाे हाे ।
काेशी प्रदेशका जिल्लाहरुमा पनि सदस्याता संख्याकाे आधारमा अध्यावधिक गर्नेमा उदयपुर पहिलाे भएकाे छ ।
अध्यावधिक पछि नेकपा एमाले उदयपुरकाे सदस्या संख्या ५ हजार ३९५ पुगेकाे छ । अध्यावधिकमा २ हजार ४३९ जना नयाँ सदस्य बढेकाे हाे । पार्टीकाे सक्रियता र नेता तथा कार्यकर्ताकाे क्रियासिलताकाे कारण संख्या बढेकाे उदयपुर जिल्ला अध्यक्ष भागवत राउतले बताउनुभयाे ।