
धनकुटा, पुस २६ गते ।
धनकुटाको चौबिसेमा टेलर दुर्घटना हुदा सहचाकलको मृत्यु भएको छ । चौविसे गाउँपालिक–८ एसपीमोर्ड स्थित भेडेटार बुधबारे सडक खण्डमा दुर्घटना हुँदा सहचालक राजकुमार राईको मृत्यु भएको हो ।
ना.७ ख. ७९१७ नम्बरको टेलरमा स्काईभेटर लोड गरी राजारानी धनकुटाबाट छ नम्बर बुधबारे जादै गरेको ट्रनिङ मोर्डने क्रममा बिहान साढे १० बजे टेलर अनियन्त्रित भई सडकको छेऊमा पल्टिदा ३५ वर्षीय सहचालक राईलाई सोही टेलरले किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
टेलर चालक प्रहरीको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय राजारानीले जनाएको छ ।
