
पूर्णपुष्टि, जेठ ६
मोरङको सुनवर्षी नगरपालिका–६ मा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनवर्सी नगरपालिका–५ का ४५ बर्षीय राज कुमार सरदार रहेका छन ।
बिहिवार दिउँसो अमरदहको भित्री सडक खण्डमा को २ त १४३७ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई दुर्घटना हुँदा सरदार घाईते भएका थिए । घाईतेलाई उपचारको लागी बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रङगेलीले जनाएको छ ।
