Sunday, June 28News That Matters

ट्याक्टर दुर्घटनामा सह चालकको ज्यान गयो

पूर्णपुष्टि, चैत २२

मोरङमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । बिराटनगर–१४ का २५ बर्षीय कामेश्वर कामतको ट्याक्टर दुर्घटनाबाट ज्यान गएको हो ।

आज बिहान साढे ८ बजे बिराटनगर–१४ स्थितमा को २ त २७३४ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई दुर्घटना हुँदा सह चालक समेत रहेका कामतलाई सोही ट्याक्टरले किच्दा उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।