Tuesday, June 9News That Matters

ट्याक्टर ४० मिटर तल झर्दा सह–चालकको मृत्यु

पूर्णपुष्टि,फागुन २०

भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा सह–चालकको मृत्यु भएको छ । भोजपुर गाउँपालिका–५ का १८ बर्षीया प्रदिप तामाङको दुर्घटनामा मृत्यु भएको हो ।

आज बिहान पौने ७ बजे सोही स्थानमा को २ त ३६६९ नम्बरको ट्याक्टर रोडबाट अन्दाजी ४० मिटर तल झरी दुर्घटना भएको थियो । दुर्घटनामा सहचालक प्रदिप तामाङ गम्भिर घाईते भएका थिए । घाईते तामाङको स्वास्थ्य चौकी मानेभन्ज्याङमा उपचारको क्रममा बिहान सवाँ ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । ट्याक्टर चालक सोही स्थान बस्ने सन्जिब खड्का प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।