Wednesday, May 20News That Matters

ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

पूर्णपुष्टि, माघ १६ गते । मोरङको सुन्दरहरैचा नगरपालिका–३ स्थित राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीगँगा गाउँपालिका–७ मोरङका ३२ बर्षीय सुमित खवास रहेका छन् ।

हिजो बेलुका सवा ७ बजे प्रदेश नम्वर १–०२–००१ ख ९४३० नम्वरको ट्रकले को.३५ प ६७४८ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा खवास गम्भिर घाईते भएका थिए । घाईतेलाई उपचारको लागि धरान घोपा लगिएकोमा अस्पताल पुर्‍याउना साथ उनको मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न ट्रक र चालक झापा हल्दिबारी–२ का ३५ बर्षीय धिरेन राजबंशीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका राजबंशिको इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको छ ।