Tuesday, June 30News That Matters

ट्रकको ठक्करबाट साईकल यात्रीको ज्यान गयो

पूर्णपुष्टि, वैशाख ६

झापा मेचीनगर नगरपालिका–७ स्थित पुर्व पश्चिम राजमार्ग ट्रकको ठक्करबाट साईकल यात्रीको ज्यान गएको छ । मेचीनगर नगरपालिका–८ जोर सिमलका ३० वर्षीय मनोज मेचेको ट्रकको ठक्करबाट ज्यान गएको हो ।

आज बिहान साढे ९ बजे पुर्व  जादै गरेको डब्लु वि ७३ वि ३३२४ नम्बरको ईन्डियन  ट्रकले साईकललाई ठक्कर दिँदा साईकल यात्री मेचे गम्भिर घाईते भएका थिए । उनको विएन्सी अस्पतालमा उपचारको क्रममा बिहान सँवा १० बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

ट्रक नियन्त्रणमा रहेको र चालक फरार रहेकोले खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।