
मोरङ, माघ २९ गते ।
मोरङको बेलवारीमा ट्रकले स्कुटरलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा ट्रकको ठक्करबाट स्कुटरमा सवार दिलबहादुर खड्काको मृत्य भएको हो भने नरबहादुर खड्का घाईते भएका हुन् ।
पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ५ ख ८६८० नम्बरको ट्रकले बिपरीत दिशाबाट आउँदै गरेको को ४० प ११७ नम्बरको स्कुटरलाई बिहान पौने १० बजे ठक्कर दिंदा स्कुर चालक बेलवारी नगरपालिका–१ निबासी ५५ बर्षीय नरबहादुर घाईते भएको छ भने उक्त स्कुटरमा पछाडी सवार रहेका ५९ बर्षीय दिलबहादुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाईते भएका दुवै जनाको उपचारको लागि बिराटनगरको न्युरो अस्पताल पठाईएकोमा उपचारको क्रममा दिलबहादुरको पौने १२ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय वेलवारीले जनाएको छ ।
ट्रक र ट्रक चालकलाई प्रहरी चौकी डाँगीहाटले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
