
पूर्णपुष्टि, बैशाख २३
झापाको कनकाई नगरपालिका–३ स्थित पुर्व पश्चिम राजमार्गमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ उर्लाबारी नगरपालिका–७ का ५६ बर्षीय बुद्धकान्त सुबेदी रहेका छन् ।
हिजो राती १० बजे सडक छेउमा रोकि राखिएको ना.६ख ९०७९ नम्बरको ट्रकमा को २३ प ४०४७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका सुबेदीलाई उपचारको लागी बि एण्ड सि अस्पताल बिर्तामोड लगिएकोमा अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेको हो ।
उक्त ट्रक र चालक मोरङ सुन्दरहरैचा–६ का ३१ बर्षीय हर्क बहादुर दर्जीलाई ईलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको छ भने घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।
