
पूर्णपुष्टि, फागुन २२ । मोरङको बिराटनगर महानगरपालिका–४ ईक्राई पोखरीचोक स्थितमा ट्रयाक्टरको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २८ बर्षीय राध देवी राजबंशी रहकी छन् ।
हिजो दिउँसो साढे ११ बजे पुर्वबाट पश्चिम तर्फ जादै गरेको को ३ त ८ नम्बरको ट्रयाक्टरले सोही दिशा तर्फ जादै गरेको साईकलमा सवार युवतीलाई ठक्कर दिदा राजवंशी घाईते भएकी थिईन् । घाईते भएकी राजबंशीको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
