
पुर्णपुष्टि, जेष्ठ ५ सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका–४ को बेशक्याम्प २ मा पुगेर आधार शिविर तिर फर्किदै गर्दा हिउँमा चिप्लिदा एकजनाको ज्यान गएको छ । मंगलबार बिहान आधार शिविरबाट फर्कदै गरेका संखुवासभा याफुका २८ वर्षीय पेम्बा टासी शेर्पाको हिँउमा चिप्लिएर ज्यान गएको हो । मृतक शेर्पाको शव निजकै साथीहरुले उद्धार गरी आधार शिविरमा राखेको तथा हेलिकोप्टर मार्फत लुक्ला तर्फ लैजाने पहल गरिरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
