Sunday, June 28News That Matters

ठुलो परिमाणमा भन्सार छली गरीएको सामान बरामद

पूर्णपुुष्टि, चैत १३ 

झापाको दुई छुट्टाछुट्टै स्थानबाट ठुलो परीणामको अबैध समान बरामद भएको छ । हिजो दिउँसो ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा भन्सार छली गरी ल्याएको बिभिन्न प्रकारका करिव ५ लाख बराबरको कस्मेटिक समानहरु बरामद गरेको हो ।

यसैगरी ईलाका प्रहरी कार्यालय काकडभिट्टाले १३ लाख भन्दा बढीको अबैध समान बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले अबैध लत्ता कपडा र कस्मेटिक समान गरी मेचीनगर नगरपालिका–६ र ५ बाट करिव १३ लाख ८३ हजार ५ सय बराबरको अबैध समान बरामद गरेको हो ।

उक्त समान मेची भन्सार कार्यालय बुझाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।