
पूर्णपुष्टि, जेष्ठ ३० । डान्स च्याम्पियन उदयपुरको ग्राण्डफिनाले यही असार २ गते शनिबार हुने भएको छ । उदयपुर जिल्लामै पहिलो पटक कला सस्कृतीलाई जोगाउ भन्ने अभियानको साथ “डान्स च्यम्पियन उदयपुर रियालिटी सो कार्यक्रम” सुरु गरिएको हो ।
गत २०७९ फाल्गुन १ गते जिल्लाको कटारी नगरपालिकामा पहिलो अडिसन गरेर सुरु गरिएको यस रियालिटी सो ले विभिन्न राउण्ड पार गर्दै ग्राण्ड फाइनलसम्म आईपुगेको हो । ग्राण्ड फाईनलमा गाईघाट, रामपुर र बेल्टारका १० जना पाटिसिपेन्टहरुले प्रतिस्पर्धा गर्नेछ । कलाको खोजी र कलाकारको सम्मान स्वरुप यस डान्स च्यम्पियन उदयपुर सुरु गरेको आयोजक उदयपुर मिडिया हबका सन्चालक प्रेम जङ्ग किराँतीले बताए ।
यस प्रतियोगिताको विजेताले पचास हजार नगद, ट्रफी प्रमाण सहित पत्र र म्युजिक भिडियो खेल्ने अवसर प्राप्त गर्ने छन् । त्यस्तै फस्टरनरपले २५ हजार नगद, ट्रफी सहित प्रमाण पत्र प्राप्त गर्नेछ भने प्रतियोगिताको सेकेन्ड रनरपले १० हजार नगद, ट्रफी सहित प्रमाण पत्र प्राप्त गर्नेछ । तेस्रोरनरपले ५ हजार नगद, ट्रफी सहित प्रमाण पत्र प्राप्त गर्नेछ भने फाईनल चौदण्डिगढी नगरपालिका बेल्टारको सिटिहलमा साँझ ४ बजे बाट सुरु हुने आयोजकले जनएको छ।
