Wednesday, April 22News That Matters

डेडी फुटसलको पोष्टमा ब्रोदर्स फुटवल क्लवको ८ गोल

पूर्णपुष्टि, १३ साउन ।
बोक्सेमा जारी सेभेन ए साईड फुटवल प्रतियोगिताको तेस्रो दिन ब्रोदर्स फुटवल क्लव बिजयी बनेको छ । डेडी फुटसललाई ८÷० ले हराउँदै ब्रोदर्स बिजयी बनेको हो । ब्रोदर्सको तर्फबाट दिवस श्रेष्ठले ५ गोल, सुदिप श्रेष्ठले २ गोल र युवराज थापाले १ गोल गरी जम्मा ८ गोल हानेका थिए । यता डेडी फुटसल भने गोलबाट बन्चित बने । खेलमा दिवस श्रेष्ठ म्यान अफ म्याच घोषित बने । उनले नगद रु १ हजार प्राप्त गरे । श्रेष्ठलाई नेशनल लाईफ इन्सोरेन्स गाईघाट शाखा प्रमुख प्रेम कुमार राईले पुरस्कार नगद प्रदान गरेका थिए ।