Tuesday, July 14News That Matters

डेप्रोक्स लघुवित्तद्वारा उदयपुरमा डस्टबिन वितरण, सरसफाइ अभियानलाई सहयोग

पूर्णपुष्टि/उदयपुर, असार ३० ।
डेप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय गाईघाटले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व ९ऋक्च्० कार्यक्रमअन्तर्गत जिल्ला उद्योग वाणिज्य संघ उदयपुरलाई डस्टबिन हस्तान्तरण गरेको छ।
जिल्ला उद्योग वाणिज्य संघ उदयपुरसँगको सहकार्यमा त्रियुगा नगरपालिकाका आवश्यकता भएका विभिन्न सार्वजनिक स्थानमा डस्टबिन राखिने भएको छ। संघका अध्यक्ष गजेन्द्र भगतका अनुसार सार्वजनिक स्थलको सरसफाइ प्रवर्द्धन गर्दै फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले डस्टबिन वितरण कार्यक्रम सञ्चालन गरिएको हो।
यस कार्यक्रममार्फत समुदायमा फोहोर व्यवस्थापनप्रति जनचेतना अभिवृद्धि गर्दै स्वच्छ, सफा र स्वस्थ वातावरण निर्माणमा टेवा पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
डेप्रोक्स लघुवित्तका प्रतिनिधिहरूले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता जनहितका कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।
शाखा कार्यालय गाईघाट र जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको संयुक्त पहलमा सम्पन्न भएको उक्त कार्यक्रमले नगरको वातावरणीय सरसफाइ अभियानलाई थप सहयोग पुग्ने विश्वास गरिएको छ।