
पूर्णपुष्टि, साउन ३१ गते ।
ढोकाले लाग्दा भक्तपुरमा एक जना बालिकाको ज्यान गएको छ । जिल्लाको थिमि–१ लोलकिल्थलीस्थित रमाइलो चोकको एउटा घरको कम्पाउन्डको ढोका पल्टेर लाग्दा बालिकाको ज्यान गएको हो ।
स्थानीय तिलकप्रसाद गौतमको घरको कम्पाउन्डमा रहेको फलामे ढोका अचानक पल्टिँदा सोही घरमा पाहुना आएकी नुवाकोटको विदुर नगरपालिका–८ घर भई हाल भक्तपुर बोडेकी पाँच वर्षीया श्रीसिजा अर्यालको मृत्यु भएको हो ।
ढोका ढलेपछि गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।
