
धनकुटा, श्रावण २७
धनकुटाको चौबिसे गाउँपालिका–५ का ३३ बर्षीय महेन्द्र याक्खा तमोर नदीले बगाएर बेपत्ता भएको छ । सोमवार दिउँसो छिमेकीको मृत्यु भए पश्चात मलामी गएका याक्खा नुहाउने क्रममा अचानक नदीले बगाएर बेपत्ता भएको हो ।
बेपत्ता भएका याक्खाको प्रहरी र स्थानीयवासीको सहयोगमा खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
