Monday, April 20News That Matters

ताप्ली गाउँपालिका नयाँ प्रशासकीय भवनमा

पूर्णपुष्टि, जेठ १९ । उदयपुर ।
उदयपुरको ताप्ली गाउँपालिका नयाँ प्रशासकीय भवनमा सरेको छ । आधुनिक एवम् आकर्षक स्वरुपमा नवनिर्मित प्रशासकीय भवनमा सरेको हो ।
जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर नयाँ भवनमा सरको गाउँपालिकाले सोही ठाउँबाट सम्पूर्ण पालिकाको कामकाज गर्दै आएको छ । प्रमुख प्रशासकीय अधिकृत भक्त राइका अनुसार गणतन्त्रिक जनताको दरबारको रुपमा निर्माण भएको भवन सेवाग्राहीका लागि सहज र सुविधायुक्त रहेको छ ।
नेपाल सरकारको लागतमा भवन निर्माण भएको हो । पाँच वडा रहेको सो पालिका जिल्लाको आठ पालिका मध्ये दोस्रो सानो गाउँपालिका हो । तत्कालिन ओख्ले, लेखगाउँ, इनामे, ठानागाउँ र रुपाटार गाउँ विकास समिति गाभेर राज्य पुनसंरचनाको ताप्ली गाउँपालिका बनेको हो । ११९ दशमलब ११ बर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको पालिकामा १३ हजार ३४४ जनसंख्या रहेको छ ।