
पूर्णपुष्टि, बैशाख ३१
उदयपुरको ताप्ली गाउँपालिका १ मा एमालेका प्यानलै बिजयी भएका छन् । उदयपुरको ताप्ली गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानल नै बिजयी भएको छ । एमाले बाट वडाअध्यक्ष उम्मेदवार उद्द्ब हमाल सहित प्यानलै बिजयी भएको हो । यस्तै गरी महिला सदस्य पदम माया सुनुवार, दलित महिला सदस्य मन कुमारी सार्की, खुल्ला सदस्यमा तेजबहादुर मगर र सरोज राई निर्वाचित भएका हुन ।
नव निर्वाचित वडाध्यक्ष हमालले ३ स ९९ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका धर्म राइले ३७८ मत प्राप्त गरेका थिए । वडा नम्बर १ मा १ हजार ८ सय ६७ मतदाता मध्ये १ हजार १ सय २५ जनाले मतदान गरेका थिए । वडा नम्बर २ को मतगणना जारी छ ।
