Tuesday, April 21News That Matters

ताप्लीमा नेकपा ओली समूहको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया

पूणर्पुष्टि, माघ १

ताप्लीमा ओली समूह पक्षले अगुवा कार्यकर्ताहरुलाई भेला गरी अन्तरक्रिया गरेको छ । पछिल्लो समयको राजनितिक घटनाको सामसामयीक घटनालाई मध्यनजर गर्दै मंगलबार ओली समूहले अगुवा कार्यकर्ताहरुलाई भेला गरी अन्तरक्रिया गरेको हो ।

१ सय ५० जना पालीका स्थरीय अगुवा कार्यकर्ताहरुको उपस्थितिमा  सांसद बिघटनको पक्षमा आफ्नो कुरा राख्दै भेला सम्पन्न भएको पालिका कमिटि सदस्य समिप राईले बताउनुभयो ।

माघ ७ गते ओली पक्षीय कमिटि गठन गर्ने समेत अन्तक्रियामा छलफल गरिएको राईले बताउनुभयो । नेपाल कम्यष्युनिष्ट पार्टीका जिल्ला सदस्य बाबुराम राईको अध्यक्षतामा औपचारिक भेला सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि कला घले, केन्द्रीय सदस्य दुर्गा थापा, शैलेस लामा र बिद्यार्थी नेता सुरेन्द्र बस्नेत लगाएतले आफ्नो भनाईहरु राखेका थिए ।  प्रधानमन्त्री केपि शर्मा ओलीले संसद विघटन गरेसँगै नेकपा ओली समूह र प्रचण्ड-माधव समूह गरी अहिले दुई भागमा बिभाजित भएको छ ।