
पूर्णपुष्टि, जेष्ठ १
ताप्ली गाउँपालिकामा नेकपा एमालेका बावुराम राईले दोब्वर मतको अग्रता लिएको छ । राईले मतगणनाको समयबाटै अग्रता कायम राखेका थिए । २ वडाको मत गनिसक्दा राईले मतलाई दोव्वर बनाएका छन् । राईले पछिल्लो मत परिणाम अनुसार ८१९ मत प्राप्त गरेका छन् भने स्वतत्नत्र उम्मेदवार मुढा चिन्हका माधव रास्कोटीले ४०२ मत ल्याउँदै राईलाई पछ्याईरहेको छ ।
यस्तै हसिंया हथौडा भने तेस्रो स्थानमा छ । हसियाँ हथौडाका धनराज विकको २८१ मत मात्र प्राप्त गरेको अवस्था छ । ५ ओटा वडा मध्य २ ओटा वडाहरुको मात्रै मत गणना भएको छ । बाँकी ३ ओटाको बाँकी नै छ । बाँकी रहेको वडाहरुमा पनि वावुरामकै पकेट एरियाहरु रहेका छन् । यस्तै उपाध्यक्षमा भने कांग्रेसकी घना मगरले सबै भन्दा बढी मत ल्याएकी छिन् । उनले ९१८ मत ल्याई अग्र स्थान ओगटेकी छिन् । यस्तै एमालेकी उपाध्यक्षले ३६४ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेकी छिन् । उपाध्यक्षमा घनाले ५ बढी मतले लिड गरिरहेकी छिन् । ताप्लीको १ नं वडामा एमालेबाट प्यानलै बिजयी भैसकेको छ ।
