Friday, May 22News That Matters

ताप्लेजुङमा डोको प्रतियोगिताको उपाधी रमेश लिम्बुलाई

पूर्णपुष्टि,चैत्र २५ । औद्योगिक कृषि तथा पर्यटन मेलाकोे अवसरमा आयोजित डोको बोकेर दगुर्ने प्रतियोगिताको उपाधि फक्लाङलुङ गाउँपालिकाका रमेश लिम्बुले जितेका छन् । आज शनिवार आयोजित प्रतियोगितामा लिम्बुले १३ किलोमिटरको दूरी एक घण्टा चार मिनेट ३१ सेकेन्डमा पुरा गर्दै उपाधी हात पारको हो ।

फुङलिङस्थित पुरानो बैंकबाट सुकेटार आसपासको सानो पाथीभरा मन्दिरसम्मको १३ किलोमिटरको दूरी सहभागीले १५ किलो बालुवासहितको भारी डोकोमा बोकेर दौडेर पूरा गरेका थिए ।

उक्त प्रतियोगितामा मैवाखोला गाउँपालिकाका प्रकाश लिम्बुले भने निर्धारित दुरी एक घण्टा चार मिनेट ४४ सेकेण्डमा पुरा गर्दै उप–विजेता बनेका हुन् । त्यस्तै सोही फक्ताङलुङकै धत्रबहादु कार्कीले भने तेस्रो स्थानमै चित्त बुझाएको छ । उनले एक घण्टा पाँच मिनेट ३० सेकेण्डमा दूरी पूरा गरेको हो । यस प्रतियोगितामा ३२ जनाले सहभागीता जनाएका थिए ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ३० हजार, दोस्रोलाई रु २० हजार तथा तेस्रो हुनेलाई रु १० हजार पुरस्कार प्रदान गरिएको थियो ।