Sunday, May 31News That Matters

तिन दिनमा पनि एमाले उदयपुरले नेतृत्व टुँगो लगाउन सकेन, चुनावी प्रक्रिया लम्वीने संकेत

पूर्णपुष्टि, पुष २६
नेकपा एमाले उदयपुरले बन्द सत्रको तिन दिन बितिकस्दा पनि नेतृत्व छान्न सकिरहेको छैन् । आईतबार सम्म टुंगो लाग्ने भनिएको भएपनि सहमतिमा आउन नसकेपछि नेतृत्वको प्रक्रिया लम्वीएको छ । सहमतिमा समस्या आएपछि नेतृत्व छान्न लोकतान्त्रिक अभ्यासमै जानु पर्ने हो कि भन्ने कुराहरु वाहिर आईरहेको एमाले नेता तथा कार्यकर्ताहरुको भनाई छ । एमाले नेता तथा जिल्ला सचिव परमेश्वर घिमिरेले जुनसुकै प्रक्रिया बाट भएपनि सोमवार अर्थात (आज) भने नेतृत्वलाई टुंग्याउने जनाएको छ ।

त्यसको लागि छलफल तिव्र भईरहेको घिमिरेले जनाए । बिभिन्न चरणमा सहमति भईसकेको भएपनि केहि पदमा असहमतिको अवस्था आएपछि पदाधिकारीहरु चुन्न चुनावबै जान सक्ने संकेत देखिएको छ । यता सर्वसहमतिको नाम प्रकाशन गर्न अध्यक्ष मण्डललाई दिएको भएपनि तिन दिन सम्म पनि सर्वसहमतिको नाम तिन दिन सम्म पनि आउन सकेको छैन् । कतिपय आकांक्षीहरुले भने सर्वसहमतिमा आएको नाम नै चित्त बुझ्दो हुन्छ भन्नेमा आफुहरु विश्वास्त नरहेको पनि जनाए ।