Thursday, May 28News That Matters

तिरहुत गापामा श्री १०८ महारुद्र यज्ञ सुरु

पूर्णपुष्टि, फागुन १८ । सप्तरीको तिरहुत गाउँपालिका–३ पिप्राही स्थित मनकामना शिव शंकर महादेव मन्दिरको प्राङ्गणमा श्री १०८ महारुद्र यज्ञ सुरु भएको छ । बिहिबारबाट सुरु भएको महारुद्र यज्ञमा ३ सय बढी व्रतालुद्धारा कलश यात्रा निकालिएको थियो ।

पिप्राहीको मनकामना शिव शंकर महादेव मन्दिरबाट निकालिएको कलश यात्रा सोही गापा–५ मा रहेको गुप्त गंगा तालमा महादेव भगवानको विधिगत पुजा आरधना गरी कलशमा जल भरी पुन यज्ञ मण्डपमा ल्याई कलश स्थापना गरिएको थियो । महारुद्र यज्ञ संयोजक समितिका अध्यक्ष ननु यादवका अनुसार अग्नी स्थापना हवनादिक (यज्ञ) फागुन १८ गते शुक्रबारबाट सुरु गरी फागुन २६ गते सम्म संचालन हुनेछ । नौ दिनसम्म हुने महारुद्र यज्ञ स्थानियहरु मिलेर मानव कल्याणका निम्ति लगाईएको अध्यक्ष यादवले बताए । महारुद्र यज्ञमा महादेव–पावर्ती लगाएत अन्य देवी देवताहरुको मुर्ती समेत बनाईएको थियो । यस यज्ञमा व्रत बस्ने व्रतालुले फलफुल मात्र ग्रहण गरी व्रत बस्ने छन् भने अन्तिम दिन कलशमा भरेको जल सोही तालमा विशर्जन गरी व्रत सक्काउने छन् ।