Friday, May 1News That Matters

तिव्र गतिका कारण गाईघाटका एक युवाले गुमाए ज्यान , अर्को गम्भीर

पूर्णपुष्टि, माघ २५ ।

मदनभण्डारी राजमार्गको गाईघाट–बेल्टार सडकखण्ड अन्तर्गत पर्ने असारीमा मोटरसाईकल दुर्घटना हुँदा एक युवाले ज्यान गुमाएको छ । बिहिबार त्रियुगा नगरपालिका १३ असारी स्थित प्रदेश १–०५–००१–४०८५ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा त्रियुगा नगरपालिका ११ पुरानो पेट्रोलपम्पका २२ वर्षिय किरण कटुवालले ज्यान गुमाएको हो । उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक कटुवाल सँगै पछाडि सवार त्रिनपा १० बाँसबारीका २१ वर्षिय सुनिल दाहाल गम्भिर घाइते भएका छन् । उनको अस्पतालमा उपचार भइरहेको छ ।

उनलाई विराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ । तिब्रगतिका कारण मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय उदयपुरका इन्चार्ज सुन्दरश्याम पोखरेलले जनाए ।