Wednesday, June 10News That Matters

तुलसी सहकारीलाई आफ्नो बचत फिर्ता माग्दै गाईघाटका व्यापारीले बुझाए प्रशासनलाई निवेदन

पूर्णपुष्टि, फागुन ५ । तुलसी बहुमुखी सहकारी संस्थाको बचतमा आवद्ध २ सय बढी गाईघाटका ब्यापारीहरुले जिल्ला प्रशासन कार्यालय उदयपुरलाई निवेदन बुझाएको छ । उनिहरुले आफ्नो बचत तत्काल फिर्ताको माग सहित निवेदन बुझाएको हो ।त्रियुगा उद्योग बाणिज्य संघको सहजीकरणमा उनिहरुले प्रशासनलाई निवेदन बुझाएको हो । संघका प्रथम उपाध्यक्ष नविन वस्नेतले ब्यावसायीको बचत फिर्ताको लागि सहजीकरण भुमिका निर्वाह गरेको जनाए । बस्नेतले तुलसी सहकारीले गाईघाट शाखा कार्यालय बन्द गरी सम्पर्क बिहिन भएको भन्दै ब्यावसायीहरु आत्तिएको जनाए । बस्नेतले व्यवसायीहरुको बचत फिर्ताबारे प्रशासनले लगतार जानकारी गराई राख्नु पर्ने समेत जनाए ।बचतकर्ताहरुको पैसा सहकारीले फिर्ता नगर्दा उनिहरुमा घरायसी कलहको समेत सम्भावना हुने जनाए । कतिले श्रीमान श्रीमती सल्लाह बिनै पनि पैसा राखेको हुन सक्ने र घरायसी कलह समेत हुने हँदा त्यसको निरन्तर प्रशासनले निगरानी र सुरक्षा समेत दिनु पर्ने निवेदनमा माग गरिएको छ । प्रशासनले पनि निवेदन अनुसार सुरुक्षा र सहकारी उपर कर्वाहीको निर्देशन दिएको छ ।