Wednesday, April 22News That Matters

तेस्रो त्रियुगा अन्तर मा.वि. मेयर रनिङ शिल्ड तथा राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता आज देखि सुरु

पूर्णपुष्टि, पुष ११ । उदयपुरको त्रियुगा नगरपालिकामा तेस्रो त्रियुगा अन्तर माध्यामिक विद्यालय मेयर रनिङ शिल्ड तथा राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता आज बुधबार देखि सुरु हुने भएको छ । नगर खेलकुद विकास समितको आयोजना तथा नगर शिक्षा शाखाको समन्वय, त्रियुगा नगरपालिकाको आर्थिक सहयोगमा वडा नं. ५ देउरीस्थित जनता मा.वि. को खेलकुद ग्राउण्डमा प्रतियोगिता सुरु हुन लागेको हो ।

‘स्वास्थ्यको लागी खेलकुद, राष्ट्रको लागी खेलकुद’ भन्ने मुल नारका साथ संचालन गरिएको यस प्रतियोगितमा ५ विधाका खेलहरु समावेश गरिएको छ, जसमा भलिबल (महिला–पूरुष), कबड्डी (महिला–पूरुष), एथलेटिक्स, तेक्वान्दो र कराते रहेको छ । नगरपालिका भित्रका सामुदायिक र संस्थागत गरी ४२ विद्यालयको सहभागीता रहने रनिङ शिल्ड पुष १४ गतेसम्म संचालन हुनेछ ।