
पूर्णपुष्टि, फागुन २६ । सी जिपिङ तेसा्रे पटक चीनको राष्ट्रपतिमा निर्वाचित भएका छन् । ६९ बर्षीय सीलाई शुक्रबार जनकंग्रेसको १४ औं राष्ट्रिय अधिवेशनबाट सर्वसम्मतमा राष्ट्रपतिमा निर्वाचित गरेको हो ।
ग्रेट हल अफ द पिपलमा उपस्थित नेशनल पिपुल्स कंग्रेस (एनपीसी) का झण्डै तीन हजार सदस्यहरूले उनलाई सर्वसम्मतीमा चयन गरेको समाचार एजेन्सी सिन्ह्राले जनाएको छ । उनि माओत्सेतुङपछिको शक्तिशाली नेता बनेका छन्।
सीविरुद्धमा कोही प्रतिस्पर्धी थिएनन् । उनी देशको केन्द्रीय सैन्य आयोगको अध्यक्षमा पनि तेस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएका छन् ।
