
पूर्णपुष्टि,चैत्र ६ । उदयपुरको बहुप्रतिष्ठित त्रियुगा जनता बहुमुखी क्याम्पस (त्रिजब) क्याम्पसको स्वविय सभापतिमा अखिलक्रान्तिकारीका उम्मेदवार सरोज कार्की निर्वाचित भएका छन् । सभापति कार्कीले ३ सय ७९ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्धन्द्धी नेपाल विद्यार्थी संघका उम्मेदवार चेतन पोखरेलले ३ सय ७८ मत प्राप्त गरे ।
यता सचिव पदमा भने अनेरास्ववियुका उम्मेदवार हेमकुमार राना मगर बिजयी भएका छन् । उनले अखिलक्रा न्तिकारीका उम्मेदवार रन्जना मगरलाई ७१ मतले हराउँदै बिजयी बनेको हो । राना मगरले ३६१ मद ल्याउँदा रन्जनाको पक्षमा भने २९० मात्र मत खसेको थियो । रञ्जनाले सचिव पदका लागि दोस्रो मत पाएकी थिइन् ।
यस्तै कोषाध्यक्ष पदमा भने अखिलक्रान्तिकारीकै उम्मेवदार डोमा राई बिजयी भएकिछिन् । राईको पक्षमा ३६० मत खस्दा उनका प्रतिद्धन्द्धि अनेरास्ववियुका उम्मेदवार नबिना बुढाथोकी पक्षमा ३४४ मत खसेको थियो ।
सदस्यमा क्रमस प्रकृति दनुवार (अनेरास्ववियु), सुमित्रा श्रेष्ठ (अनेरास्ववियु), मोनिका बुढाथोकी (अनेरास्ववियु), सफलता बिष्ट (अनेरास्ववियु), लोकमणि काफ्ले (अनेरास्ववियु), अनिषा चौधरी (अनेरास्ववियु), वराज बुढाथोकी (अखिलक्रान्तिकारी) र ने.वि.संघका उम्मेदवार सुधा मोते रहेको छ ।
